रजस्वला | Nepali Poem | Muskan Pandey

मलाई अझै पनि याद छ
त्यो दिन जुन दिन मेरो रजस्वला भएको थियो,
अन्जान बेजान यी प्राकृतिक प्रक्रियाबाट मन नमाज्जाले डराएको थियो,
रातो रगतको रातो दागसँगै मेरो मुख लाजले रातै भएको थियो,
जब कसैले मलाई अपवित्र भनी सूर्यको किरण, पुरुष र सबैबाट ,
टाढा कतै अँध्यारो अनि बन्द कोठामा केहि दिनको लागि राखेको थियो।

के यो पाप कै सजाय हो??
या कसैले दिएको श्राप हो?
आखिर यस्तो पीडा अनि भेदभाव किन??
यो अन्धविश्वास अनि भ्रम किन??

त्यो बन्द अनि सुनसान कोठामा जोडले धड्किहरेको मेरो
मुटुसँगै,
मेरो पेट,आङ अनि शरीर निकै जोडले दुख्न थाल्यो,
त्यो दुखाइ र अनेकौँ चोटलाई सहँदै,
यो मस्तिष्कले गहिरिएर केही कुराहरु सोच्न थाल्यो।
रातो मेरो मनपर्ने रङ्ग,
तर आफ्नै शरीरबाट बगेको
रातो रङ्गदेखि पनि घृणा पैदा भएको थियो,
मेरो खुशीलाई बेरङ्गिन बनाएको भान भएको थियो,
म आफैलाई आफैँदेखि घिन लागेको थियो।

समयसँगै भोगाइले मेरो सोचाइमा परिवर्तन लेरायो,
मानिसको सोचाइमा त्यस्तै परिवर्तन जुरुरी छ,
सफा सुग्घर गरेर आफ्नो ख्याल राख्न जाने जस्तै
सफा मनले सबै कुरा अप्नाउने हिम्मतको खाँचो छ
अनि,
न कोहि म जस्तै फेरि दुखी हुनेछ,
न कोहि पीडाले रुनेछ,
न रजस्वला हुँदा कोहि लाजले मुख छोप्नेछ,
न त यो विषयलाई कसैले उपेक्षा गर्नेछ,
गर्नेछन् त केवल अपेक्षा,
अघि बढ्नेछ त केवल परिवर्तनका पाइला,
रातो रगतको दागसँगै मुर्झाएको मुहार फेरि मुस्कुराउनेछन्,
अनि फेरी गर्व सबैले एकपटक नारी हुनुमा गर्नेछन्।

 

So a message to everyone-
We exist so we bleed,
We bleed so we exist,
it’s not a matter of shame,
neither a matter to blame,
nor its a sin neither a curse,
it’s a bliss that we bleed,
so let’s live in peace
until we exist..!!!

 

-Muskan Pandey

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author
When it comes to writing i enjoy expressing what i write and this always makes me feel alive.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *