उ र म | Nepali Poem By Muskan Pandey

Muskan Pandey

 

उसलाई रुख मनपर्छ,

अनि मलाई ती1 रुखका हाँगा हाँगामा

पात बनी उम्रन,

फूल बनी रुखलाई सजाउन,

अनि उसैको वरिपरि बासना छर्न।

 

उसलाई आकाश मनपर्छ,

अनि मलाई त्यो आकाशमा

चरा बनी उड्न,

बादलबाट पानीको थोपा बनी,

उसैको लागि बर्सिएर उसैलाई रुझाउन।

 

उसलाई बतास मनपर्छ,

अनि मलाई बताससँगै बत्तासिँदै आउने

उसको यादहरुमा अल्मलिन,

बतासमा सल्बलाइरहने सुवास बनी

उसैको मनमस्तिष्कमा जीवनभर कैद हुन।

 

उसलाई गाउन मनपर्छ,

अनि मलाई उसले गाउने हरेक गीतको

मीठो धुन बनी गुञ्जिन,

त्यही गीतहरुको शब्द शब्द बनी,

उसैको मन अनि ओठमा सजिन।

 

उसलाई रङ्ग मनपर्छ,

अनि मलाई अनेक आकृती सजाउँदै

रङ्ग भर्न,

खुसी र प्रेमको लाखौँ रङ्ग बनी,

उसैको जिन्दगी रङ्ग्याउन।

 

Read More From Muskan Pandey:

आखिर के मात्र होइन जिन्दगी? | Muskan Pandey

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey

 

 

 

Facebook Comments

author
When it comes to writing i enjoy expressing what i write and this always makes me feel alive.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *