आमा | लेख | Prajwal Bikram Kunwar

“आमा”- यो शब्दको साब्दिक अर्थ खोजें त्यसमा एउटै अर्थ भेटे “जीवन” । हो, जीवन को उदागर र सुरुवात नै आमा रहेछ । यो लेख लेखिरहँदा मनमा नयाँ उमङ्ग,नयाँ जोस मिल्छ सायद त्यसैले आमालाई भगवानसँग दाजेको होला।

भगवान खोज्न कतै जानुपर्दैन भन्ने कथित भनाइलाई सार्थक तुलाएको छ। आमा नजिकको मित्र नै घरको आमा हो। सबैको मनको कुरा बुझ्ने सबैलाई हौशला दिने गलत र सहीको असली निचोड निकाल्ने एउटा सही अभिभावक । जसले आफ्नो सन्तानको प्रत्येक रहरको वास्ता गर्दै परिपूर्ति गर्न केही कसर नछोड्ने हो । उही अभिभावक जसले घरको दैनिकी एउटा मजदुर जस्तै सबै जिममेवारी बहन गर्नुहुन्छ । जसको साथले नै सबै कुराको परिपूर्ति हुन्छ। हो, उही आमा जसले बिहान भालेको डाकसँगै प्रत्येक दिनको सुरुवात गर्नुहुन्छ र रातको अध्यारोसम्म मनलाई सम्हाल्दै हरेक परिस्थितिसँग जुद्दै आफ्नो कर्तव्य पालना गर्नुहुन्छ।

जसले आफ्नो भविष्य आफ्नो सन्तानको आँखामा देख्नुहुन्छ र भित्र भित्रै आफ्नो दुःख बिर्सनुहुन्छ।।आमा: त्यो बेलाको याद आउँछ जुन बेला स्कूलबाट म मरी मरी झोला बोकेर आउँदा आफ्नो पछौरीले पुछ्दै मेरो पसिना ओभानो बनाउनु हुन्थ्यो अनि आफ्नो भोक काढेर मेरोलागि खाजा राख्नुहुन्थ्यो ।

सन्तानको प्रत्येक पलसँगै हुन चाहने उही तिम्रो आमा हो। तिम्रो खुसीसँगै खुसी हुन खोज्ने तिम्रो दुःखसँगै हौशला बढाउने मात्र तिम्रो आमा हो। जतिसुकै थकित भएपनि सन्तानको खुसीको लागि रातदिन साथ दिने बिना लालच माया गर्न नछोड्ने नै ती आमा हो।

यो लेख लेखिरहँदा आमाको बयान गर्ने त्यति धेरै शब्द पाइन। हो, आमा हजुरको माया बिना प्रत्येक सन्तानको आशा निराशामा बदलिन्छ। प्रत्येक दिन औंसीको रात बन्छ। एक पल नि सयौँ वर्ष झै लाग्छ। हजुरले पिट्दा नै माया झल्किन्छ, हजुरको हाँसोमा सम्पूर्ण सृष्टि जग्मगाउँछ। त्यसैले आमालाई इश्वरसँग तुलना गर्या होला ।

यो लेख आमा ममताकी खानीको लागि ।

-Prajwal Bikram Kunwar

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *