Nepali Poem | आशावाद | Madhav kafle

Nidesh Acharya

सायद
तिमी हुँदा ,
तिमी हुनुको सार्थकता
मैले पाइन।
म हुँदा
म हुनुको सार्थकता तिमीले पाइनौ।
आज न, “तिमी छ्यौ”-
न, ” म छु।”
केवल समय छ।
ऊ हिजो पनि थियो।
हिजोको समय बेवास्ताको थियो।
आजको समय अभावको छ।
कहिलेकाहीं
नहुनुले –
उपस्थितिको महत्व दर्शाउछ।
कहिलेकाहीं हुनुले
नहुनुको परिणाम याद दिलाउछ।
बस् !
जसले जे प्रतिबिम्बित गरे पनि
एक नजर मेरो अन्तर मनमा पुर्याउनु।
जहाँ तिम्रै यादहरु ग्लेसियर बनेर बसेका छन्।
म चाहन्छु कुनै दिन यो ग्लेसियर
प्रेम-वायुको प्रभावले पग्लियोस् र
बगोस् आशुका थोपा बनेर।
तापनि म यो कुरामा आशावादी हुनेछु कि
तिमी हिमपात लिएर आउनेछ्यौ र
रोक्नेछ्यौ
बगिरहेको मेरो जिन्दगानीलाई।

 

Read More Nepali Poem at Offline Thinker:

Read More From Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *