Nepali Poem | सोझो गाउँ ! | Suman Bhattarai
सोझो गाउँ ! गाउँले नीलकमलको कुरुसमा देवपुरुष देख्छ ! बुट्यानमा देउता बुझ्न थाल्छ अनि उसैलाई पुज्न थाल्छ। गाउँ सोझो छ.. एक मुठी सास र एक मुठी विश्वास छउन्जेल गाउँले आजीवन उसैलाई पुजी राख्छ। गाउँले आकार नमिलेका ढुङ्गाहरूमा शिला देख्छ साक्षात् दैवको लीला देख्छ उनी आस्थाको थालीमा अक्षता लिएर उभिन्छ! गाउँ सोझो छ… अन्नको […]

