Nepali Poem by Pari Vikram

nepali poem Pari Vikram
धेरैपल्ट
मेरो घरलाई थाहा छ –
तिमीले दिएको डायरीमा
रात विरात म कसको कविता लेख्छु ।
मेरो घरलाई यो पनि थाहा छ –
घण्टौँसम्म टोलाएर
क्यान्भासमा म कसको चित्र कोर्छु ।
तिम्रो शरीरको बासना
मेरै शरीरमा टाँसिएर
मेरो घरसम्म आइपुगेका छ ।
तिम्रो शिरको केश पनि
मेरै काँधमा अडिएर
मेरो घरसम्म आइपुगेको छ ।
तिमीले दिएको
सीसा भित्र गुलाफ भएको गिफ्ट
जोडी परेवाको चित्र भएको पोस्टकार्ड
तिम्रो हात छुँदै
मेरो हात हुँदै
मेरो घरसम्म आइपुगेको छ ।
आज तिमी –
पहिलोपल्ट मेरो घर आउँदा
पहिलोपल्ट आए जस्तो लाग्ला
तर तिमी –
तिमीलाई नै थाहै नदिई
धेरैपल्ट मेरो घर आएकी छौ ।
-Pari Vikram
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *