Nepali Poem | बिर्सनेहरुको भिडमा दुई अपवादहरु | Sudarshan Poudel

Sudarshan Poudel

बिर्सनेहरुको भिडमा दुई अपवादहरु

आजपनि घाम डुब्यो
लाली लानै बिर्सियो
सूर्यलाई अम्बरले निलेको हेर्दै थियो
बबुरो,
अनि सम्झियो
उ पनि त गएकी थिई
याद मसंगै छाडी
लानै बिर्सिई

घरमा छोरी नछुने भएकी छ रे!
अघि मन्दिरमा देवी पुजेर आएको हो ऊ
बिर्सियो
मान्छेले म एकदिन मर्नुपर्छ, भन्नेपनि बिर्सियो

पुरा पुरा त म सम्झनै सक्दिन
क-कसले
के के बिर्सिए भनेर
बटुवाले लौरो
गाइने दाईले सारंगी
खोलाले बगर

तर आँफूले गाँस हाल्नुभन्दा अगाडि
आमाले छोरा कहिल्यै बिर्सिनन्
“बेइमानी कहिल्यै नगरेस् छोरा”,
भन्छन् मेरा बाउ
पैसाभन्दा इमान ठूलो, बाउले कहिल्यै बिर्सेनन्

 

 

 

 

Read More From Sudarshan Poudel:

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *