फ्ल्यासब्याकमा जिन्दगी | Sudarshan Poudel

Sudarshan Poudel

फ्ल्यासब्याकमा जिन्दगी

कुनै चलचित्रको रिल जस्तो

पहिलो प्रेमको फिल जस्तो

फ्ल्यासब्याकमा जिन्दगी

 

रहर र नियतीको द्वन्द्वमा पिसिएर आफ्नो अस्तित्व

ओझेलमा पर्नबाट मुक्त जिन्दगी

खुसी हुनको लागि कारण खोज्नुनपर्ने

जिउनको लागि उपर्युक्त जिन्दगी

 

न सामाजिक संजाल न समाजको संजालमा जेलिनुपर्ने जिन्दगी

न झुठो मर्यादा र अनुसासनको कोलमा

पेलिनुपर्ने जिन्दगी

फ्ल्यासब्याकमा जिन्दगी

 

काँचो सपनाको धरातलमा सपनामै रमाउने जिन्दगी

सपनाको आलौकिक संसारमा हराउने जिन्दगी

न अनेकौं प्रोग्रामले निर्देशित यन्त्र जिन्दगी

अन्तहिन आकाशमा उडिरहेको चराजस्तै स्वतन्त्र

जिन्दगी

फ्ल्यासब्याकमा जिन्दगी

 

आफ्नो सपनाको चिहानमाथि श्रद्धाञ्जली पोख्दै

गरेको आँखा जस्तो हुँदैनथ्यो रंगहीन जिन्दगी

इन्द्रेणीले रङ्ग घोलिदिएजस्तो रङिन जिन्दगी

 

न भावनाको कौरव र संवेदनाको पाण्डवबीचकाे महाभारतमा पिल्सिनुपर्ने कोलाहल जिन्दगी

नदिजस्तै जति बग्यो त्यति सफा

न झुठो परिपक्वता र विवशताको पहाडबीच

जमेको ताल जिन्दगी

फ्ल्यासब्याकमा जिन्दगी

 

कुनै चलचित्रको रिल जस्तो

पहिलो प्रेमको फिल जस्तो

फ्ल्यासब्याकमा जिन्दगी

 

Read More From Sudarshan Poudel:

आज आकाश फरक देखिन्छ | Sudarshan Poudel

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *