Nepali Poem | ओदानका चिसा पाइतलाहरु | Sudarshan Poudel
चिसोले निमोठिएका रुखहरूमा मुना पलाउन आँटेजस्तै, हरेकपल्ट केही ऋतुपछि उसको मनमा पनि आशाका टुसाहरू पलाउँछन्। नाम्लोले खुइलिएको तालुलाई उद्रिएको टोपीले छोपेर, फुटेका कुरकुच्चाहरुले केही माइल नापेर, ऊ हरेकपल्ट एउटा भिडमा मिसिन्छ। अनि हरेकपल्ट सुन्छ— वेस्वादे विद्वानहरू, दूषित सिद्धान्तहरू, काँचो सान्त्वनाहरू, थेलिडोमाइड खाएकी गर्भिणीले जन्माएजस्ता लुला–लङ्गडा वाचाहरू। वाकवाकी लागेको हृदय लिएर फर्किन्छ ऊ अनि थन्काइदिन्छ आशाहरू […]

