Sudarshan Poudel

Sudarshan Poudel

सहिदको आवाज | Martyrs Day | Sudarshan Poudel | Nepali Poem

सहिदको आवाज सजिलै धान्छौ र निरंकुशता? विश्राममा छौ तिमी तुर्छु भनेर सिङ्गो देश,परिश्रममा छौ तिमी साउनमा आँखा फुटेको गोरुले हरियो देक्छ भन्छन् सक्दैनौ लुट्न मेरो देश ,भ्रममा छौ तिमी।।। मेरो राष्ट्र छेड्ने गोली चलाउन सक्छौ र तिमी? मलाई जलाएर मेरो राष्ट्रियता जलाउन सक्छौ र तिमी? मेरो जस्तो छातीको कमी छैन यहाँ त्यो त्रासले मेरो समर्पण […]

Sudarshan Poudel

मिडल क्लास | Nepali Poem by Sudarshan Poudel

ठूलो अवधि सानो परिधि पसिना बेच्यो मुस्कान किन्यो साँझ घरमा चुलो बलेकै छ खुट्टा खोच्याएरै भएपनि चल्नु जीवन चलेकै छ सानो विवाद ठूलो संवाद ठूलो सोँच सानो संकोच १०-१२ हजार सहकारीमा राखेकै छ हप्ता दिनमा एकचोटी त मासु पाकेकै छ देख्नलाई सपना छदैछ भोग्नलाई दुःख त्यो उद्रिएको कमिज खुटाउनु छ साँझमा थोरै पिउने बानी छ, […]

Sudarshan Poudel

भोक | Nepali Poem | Sudarshan Poudel

एक टुक्रा रोटीको आशमा रोहिरहेको पेट बुझ्दैन राष्ट्रियता, एक गाँसका लागि तड्पिरहेको ऊ उसका लागि शून्य छन् मर्यादाका सिमाहरु मरिसकेकाछन् महत्वाकांक्षाहरु सपनाको चिहान बोकेर हिँड्ने ऊ शोक बुझ्दैन ऊ केवल भोक बुझ्छ जति भोक भएपनि पच्दैन ती काँचो सान्तवनाहरु सकिदैन निल्न दुषित सिद्धान्तहरु वेस्वाद लाग्छन् विद्वानहरु उ श्रम बुझ्छ प्रेम, भ्रम बुझ्दैन जसरी पेट भरिएको […]

Sudarshan Poudel

केही पेज जिन्दगी | Sudarshan Poudel | Nepali Story

“य…… टिना फलाम बोतल कापी किताब ……. “ कस्तो कर्कस आवाज। मैले खाँदै गरेको कालो चिया भन्दा पनि टर्रो। ग्यास्ट्रिक घटाउनका लागि कालो चिया खान थालेको स्वास्थ्य त मजबुत होला स्वाद बिग्रिएर हैरान। एउटा चुरोट सल्काउँदै थिएँ। होटलकी साहुनी चिच्याउन थालिन, ” ए भैया यहाँ आउ त किताब बोतल टन्नै छन्।” बोतल ससांरकै अद्भुत आविष्कार […]

Sudarshan Poudel

प्रदेश नं ८ | Nepali Poem | Sudarshan Poudel

ती सातौँ प्रदेश समेटेकाे सिमा बाहिर छु म प्रदेश नं ८ मा मेरो सानो सपनाको आकार समेट्न नसक्ने परिधीभन्दा धेरै बाहिर पसिनाको व्यापार गरिरहेछु । हल्लै हल्लाको संसारमा मेरो हलाहलको व्यापार भएको पनि देख्छु रङ्गीन दुनियाँमा बसि मेरो रङ्गहीन दुनियाँप्रतिको समवेदना पनि देख्छु अनि इश्वसँग प्रार्थना गर्छु मेरो माटाेमा श्रमको जतन होस् मेरो सात प्रदेशको […]

Sudarshan Poudel

दशैं किन मनाइन्छ? | Sudarshan Poudel

अश्विन शुक्लपक्षभरी नेपालभर मनाईने दशैँ एउटा धार्मिक चाड मात्र नभएर सम्पूर्ण समाजलाई एकताको डोरीमा बाध्ने कडि हो। अन्य मुलुकहरूमा पनि दशैं मनाउने गरेको पाइन्छ तर नेपालमा जस्तो भव्य तरिकाले अन्य मुलुकहरूमा मनाइएको पाइदैन। दशहरा, नवरात्री लगाएतका चाडपर्वहरू मनाइएता पनि नेपालको जस्तो सांस्कृतिक भिन्नता र भव्यता अन्यत्र भेटिदैन। दशैं सम्बन्धी विभिन्न कथाहरु किंवदन्तीहरू सुन्न पाइन्छ। शक्ति […]

Sudarshan Poudel

फ्ल्यासब्याकमा जिन्दगी | Sudarshan Poudel

फ्ल्यासब्याकमा जिन्दगी कुनै चलचित्रको रिल जस्तो पहिलो प्रेमको फिल जस्तो फ्ल्यासब्याकमा जिन्दगी   रहर र नियतीको द्वन्द्वमा पिसिएर आफ्नो अस्तित्व ओझेलमा पर्नबाट मुक्त जिन्दगी खुसी हुनको लागि कारण खोज्नुनपर्ने जिउनको लागि उपर्युक्त जिन्दगी   न सामाजिक संजाल न समाजको संजालमा जेलिनुपर्ने जिन्दगी न झुठो मर्यादा र अनुसासनको कोलमा पेलिनुपर्ने जिन्दगी फ्ल्यासब्याकमा जिन्दगी   काँचो सपनाको […]

Sudarshan Poudel

आज आकाश फरक देखिन्छ | Sudarshan Poudel

आज आकाश फरक देखिन्छ | Sudarshan Poudel   धेरैपछि आफ्नो कोठा सफा गर्दै गर्दा समीरले एउटा पुरानो एल्बम भेटाउँछ। एल्बम पल्टाउँदै गर्दा एउटा फोटोमा आएर उ रोकिन्छ। कक्षा १२ को ग्रुपफोटो थियो त्यो। उसको छेउमै उभिएकी थिइ प्रतिझा। त्यही एक फाेटाे उसको स्मृतिको कालो पानालाई पल्टाईदिन्छ। *** कक्षा १२ को अन्तिम परीक्षा थियो। समिर परीक्षा […]

Sudarshan Poudel

जिन्दगी चुट्किला भएको भए? | Sudarshan Poudel

जीवनको उत्तरार्धमा अन्तिम सासहरु गनिरहेका अनुभव शाही मृत्युशैयामा पल्टिएर आफ्नो जीवन केलाइरहेका छन्। “म कि लेख बन्छु कि लेखक।” यहि सपना पाले जीवनकालभरी शाहीले। लेखक त भएनन् तर आज उनी मूल्याकंन गरिरहेका छन्, के उनको जीवन लेख भयो त? *** रश्मी उनको पहिलो प्रेमिका। घमण्ड थियो रश्मीलाई एउटा बौद्धिक प्रेमी पाएकोमा। सधैं भेट्दा उनीहरु शास्त्रार्थ […]

Sudarshan Poudel

नेपथ्य | Sudarshan Poudel

त्यहाँ एउटा शरिर थियो। लम्पसार परिरहेको। अधुरो कथाको भौतिक पात्र। वरिपरि केही प्रहरी डोरी खोल्दै थिए। कोहि केरकार गर्दै थिए। शरीरलाई घेरी बसेको अर्को विश्लेषकहरुको भिड। “प्रेमीले छोडेका वियोगमा भएको घटना हो यो..” पहिलो विश्लेषकको अनुमान। “पेट बोकी रे सानै उमेरमा। अनि के गर्नु?” अर्को मधुरो स्वरको तर्क। “साह्रै  हेप्थे रे घरमा। रोगाइ पनि थिइ […]

Sudarshan Poudel

पहिलो नाइट बस यात्रा | Sudarshan Poudel

गन्तव्य राजधानीको थियो। भाइटिकाको दिन। कुनै भवितव्य कारणबस टीका लगाउन नपाएको सोही दिन राजधानी जाने निर्णयले म चार बजेको नाइट बस चढेँ। यो मेरो पहिलो नाइट बसको यात्रा हो। “ओहो! गाडी त नयाँ रहेछ।” बसको हालत देख्ने बित्तिकै व्यङ्ग्यात्मक रुपमा निस्केको प्रथम वाक्य। हेर्दापनि “यसले राजधानी पुर्याउछ त?” भन्ने शंका जाग्ने। अझ अवलोकन गर्दा गुट्खा […]

Sudarshan Poudel

बुद्धिसागरको लेखनका ५ राम्रा गुण | Buddhisagar | By Sudarshan Poudel

बुद्धिसागरको लेखनको ५ राम्रो गुण | Written by Sudarshan Poudel सङ्घर्षरत सयौं जीवन अनि सयौं जीवनका हजारौं कथाहरु। ती सबै जिवनका भावहरुको निचोडलाई  शब्दमा रुपान्तरण गरी प्रस्तुत गर्ने लेखकहरुको भीडमा मलाई “बुद्धिसागरको कविता”, ” फिरफिरे” र “कर्नाली ब्लुज” जस्ता कृतिका रचयिता बुद्धिसागर उत्कृष्ट लेखक लाग्छ। शब्दहरुको छनोट, उचित प्रयोगले उनका कथाहरु जिवन्त छन्। मलाई उनका […]