मुटुभरी कालो बोकेर
किन लेख्नु म गुलाबी आकाशको कविता?
एक ग्लासभित्र छल्किएर मत्त म
किन लेख्नु निश्वार्थ निर्मल छल्किरहने
छालहरुको कविता
नशाभरी कालो रगत बोकेर
हाँसी रहेको गल्लीहरूबीच मुस्कुराउन सक्ने म
किन लेख्नु पानाभरी शब्दहरुको रमिता
होस्!
मेरो कलमलाई कब्जियत भएकै बेश।
Read More From Sudarshan Poudel:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments