Nepali Poem | आज सडकमा रमिता छ! | Sudarshan Poudel

Sudarshan Poudel

जिम्मेवारी र सपनाले
कन्चेटतिर फर्काएर बन्दुक
पड्काएपछि सुरु भएको
पसिना बेच्ने म्याराथन छ
सडकभरि आज

चाप्लुसीका इत्तर घसेर आएका
केही नदेख्ने होमरहरूको जुलुस छ
सडकभरि आज

अस्मिता लुटिएका कौमार्यहरूको
बिलौनाका लस्कर छन्
नाराबाजी गर्दै
सडकभरि आज

नैतिकता र विवेक हराएर
यता उता खोज्दै
छामछुम् गरेजस्तै गर्ने
नेतृत्वको भीड छ
सडकभरि आज

त्यहीँ एउटा कुनामा म छु
मसँगै उठेको घाम छ
मसँगै आङ तानिरहेको अल्छिपना छ
आडैमा लठ्ठ स्वार्थ छ
वरिपरि ढुङ्डुङ्ती गनाइरहेको आत्मसम्मान छ
पुच्छर लुकाएर भुकिरहेको मेरो बहादुरी छ
हामी सबै हेरिरहेछौँ
आज सडकमा रमिता छ

 

Read More From Sudarshan Poudel:

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *