छोरो;
मैले बिर्सिने हैन्;
नौ महिना त्यहाँ बस्दा
एक दिन मलाइ त्यसले कानमा सुटुक्क भनेको थियो
“ओइ छोरा, पिर्थिवीमा गए पछि,
एक दिन बलियो भए पछि पनि
तैँले मेरो लाज राखेस् है” !
म जुन गर्भ बाट जन्मे नि
त्यसको मालिक मात्र मेरो आमा हो।
मैले बिर्सिने हैन…!!
आंध्यारोमा उस्ले चिच्यायो जुन
त्यो मेरो दिदीको स्वर हो…
बग्यो जुन रगत धरती भरि
त्यो मेरो बहिनीको रीबिनको रङ्ग हो…
काप्यो जुन स्वर सुस्केरामा त्यहाँ
मेरो अर्धाङ्गिनीको डर हो…
बन्द भयो जुन जहिले आकाशमा हेर्ने आँखा
त्यहाँ मेरो छोरी मरेको हो…
लुछियो जुन आत्मा उ बाट अभयको
त्यो मेरो आमाको कलेजो हो…
मैले बिर्सिने हैन…!!
मैले बिर्सिने हैन…!!
म जुन हावामा सास फेर्छु
त्यहाँ मेरो दिदी निसासिनु हुँदैन।
मैले बिर्सिने हैन…!!
म जुन समाजको ठूलो ठूलो स्वरले कुरा
गर्छु…
त्यहाँ मेरो अर्धाङ्गिनीको आवाज कुनामा थुनिनु हुँदैन।
मैले बिर्सिने हैन…!!
जहाँ सयपत्री र चमेली फुल्छ
त्यहाँ एउटी छोरी हाँगा बाट चुंडिनु हुंदैन।
मैले बिर्सिने हैन…!!
लेखेर रहरहरु रङ्गी बिरङ्गी रिबिनमा
सिउरी राखेकी छे उस्ले बादलहरू माथी,
त्यहाँ उसको उडानहरूको घर छ….
म जुन आकाशमुनि गीत गाउँछु नि
त्यहाँ मेरो बहिनीको धुनहरु धमिलिनु हुंदैन।
मैले बिर्सिने हैन…
त्यहाँ उसको स्वतन्त्रताको धुपती छ
मैले बिर्सिने हैन…!!
उसको शरीरको मालिक, एउटी नारी आफु.. आफु मात्र हो।
मैले बिर्सिने हैन…
कोक्रोमा हुंदा एक दिन आमाले मलाइ भनेको थियो,
“ओइ छोरा, बल भनेको पाखुरा हैन
सम्बेदना हो।
मेरो रक्षा गरेस है ”
मैले बिर्सिने हैन
मलाई त्यसो भन्ने आमा
ब्रह्माण्डको सबसे शक्तिशाली तारा हो।
म छोरा,
मैले बिर्सिने हैन….
उसको शरिर च्यातेर
आत्मा चिथोरिदिए
तिमी बस्
येई सोध्दै बस्यौ
“ तेले कपडा चैं के लाथी “
-Munu Adhikari
“मेरो लागि कविता मिठो फिलिङ हो, जसले मन-मस्तिष्कमा छुन्छ”- Poet Pallawib | The Poet Idol
Read More Nepali Poem :
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

