यो अन्धकूप अधुरो संसारमा के छ र ?
यो अपुरो निष्प्राण जीवनमा के छ र ?
संसार त ती सपनाहरूमा सजित छन् हजुर
यो अन्धाधुन्ध दुष्ट विपनामा के छ र ?
समुद्र त यी दुई ऑखामा रहेका छन्
त्यो नीलो पानीको बहावमा के छ र?
बोझ के हो यी दुई काँधलाई सोधे हुन्छ
अरबौं मान्छे अटाउने यो धर्तीमा के छ र ?
शक्ति त यो भुत्ते कलममा पो हुँदो रैछ
रगतको खोलो बगाउने त्यो तरबारमा के छ र?
-रिदम भेटवाल
कक्षा: ११
विश्व निकेतन मा वि
Read More From Rhythm Bhetwal:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments