अत्तर | Janak Karki | Nepali Poem

Janak Karki

अत्तर

१. गरिबको पसिना
मालिकलाई दुर्गन्धित लाग्छ
त्यसैले निचरेर गरिबको पसिनालाई
मालिकले अत्तर छर्किन्छ ।

२. यो संसारकै सबैभन्दा ठूलो
डम्पिङ साइट
मान्छेको
मस्तिष्क हो ।
दुर्गन्धलाई छेक्न उसले
आवरणमा अत्तर छर्केर हिँडछ ।

३.आहा ! कति मिठो वासना
तिम्रो नश्वर शरीरले छरिरहेछ -अत्तरको साहारामा !
ए ! मान्छे
तिम्रो मनलाई पनि अत्तर छर्किदिएको भए हुने नि
कस्तो दुर्गन्ध आइरहेछ !

४. तनलाई त वासनादार बनायौ
ठीक छ,
धन्यवाद अत्तरलाई !
तर इन्द्रियलाई वासाना नछर्किनु ल !

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *