Nepali Poem | आमाहरूको सनिबार हुँदैन | Janak Karki
सनिबार अबेर सम्म सुतिरहन्छ घाम उकालो चढेर आकाशको टुप्पामा पुग्दासम्म । फोहोरी कपडाहरूको पहाड चढ्न आमाहरूलाई स्याँस्याँ र फ्याँ फ्याँ हुन्छ । चुलोले एकछिन श्वास फेर्नसम्म आराम पाउँदैन स्कुल,कलेज,कार्यालय सबै घरमा पाहुना बनेर विराजमान हुन्छ्न् । सबैको आराम मिलाउँदा मिलाउँदै समय पुग्दैन आमाहरूको सनिबार हुँदैन । यो सनिबारले पनि यति धेरै शोषण गर्छ आफू विदामा […]

