झर्नु
झर्नु नै छ भने
पहराबाट पानी झरेझैं झर्नु
सबैको हृदय प्रफुल्ल बनाउने
झरना बन्न सकियोस् ।
झर्नु नै छ भने तारा जसरी झर्नू
कसैको प्रार्थना बन्न सकियोस् ।
झर्नु नै छ भने फल झार्न झटारो हानेर थाकेका
हातमा प्रसाद जसरी झर्नू ।
झर्नु नै छ भने शिखर टेकेर फर्किएका
पाइतलाहरू जस्तै घर भेट्न उत्सुक भएर झर्नू
झर्नु नै छ भने मन्त्र जस्तै झर्नू
कसैको आशीर्वाद बन्न सकियोस् ।
झर्नु नै छ भने पहाडबाट
कुहिरो झरेझैं झर्नू
कसैको चित्तहरण गर्न सकियोस् ।
तर,
कहिले नझर्नू
कसैको आँखाबाट !
Read More From Janak Karki:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

