कविता: आशा साहनी | Janak Karki | Offline Thinker

Janak Karki
केही समय पहिले २०१७/०८/०७ मुंबईमा यस्तो घटना घट्यो। जसले मानव हुनुमै लज्जास्पद र प्रश्नचिन्ह उठाउँछ।  आशा साहनी ६३ वर्षिय जो मुंम्बईमा एक्लै ६ करोडको घरमा बस्दै हुनुहुन्थ्यो।उहाँको छोरा  ऋतुराज साहनी अमेरिकामा हुनुहुन्छ।पटक-पटक आमाले अब आफू एक्लै बस्न नसक्ने र मिल्छ भने कि अमेरिका नत्र यतै कतै `ओल्ड एज हाउसमा´ लग्दिन अनुरोध गरेको तर छोराले व्यस्तताको कारणले नभ्याएको कुरा आएको छ। छोराले पछिल्लो चोटि 23 अप्रील २०१६ मा कुरा गरेको बुझिएको छ।जब छोरा ,आमा भेट्न र लिन आए आमाको अस्थी सोफामा थियो।कहिले कसरी मृत्यु भयो केही थाहा भएन।
यस घटनाले मुटु हल्लाए पछि आशा साहनी बनेर लेखाइएको कविता हो ।
————————————————————————–
ऋतु मेरो प्राण्
धेरै   ऋतूहरू यो बूढो घरको  बाल्कोनीबाट
मलाई स्पर्श गरेर गएका छन्।
नछोएको त तिमीले मात्रै हो ऋतु
किन प्रकृतिमा ऋतू जस्तै  सन्तान फर्किने नियम छैन?
यो मेरो शयनकक्ष भित्र
धुलाम्य भएर बसेको छ तिम्रो पास्नीको तस्वीर
एकचोटि मात्र एकचोटि आएर धुलो पुछेर जाउँ
मेरो दृष्टि बन्द हुनु भन्दा पहिले
म तिमीलाई हेर्न चाहन्छु ऋतू।
तिम्रो बाबाले ल्याएको क्लाशिक घडी
तिमी आउने पछिल्लो समयको घोषणामा
अवरुद्ध भएर झुण्डिएको छ
यो स्थिर समय; तिम्रो आगमनले चलायमान होस्
हाम्रो बगैँचाको त्यो आँपको वृक्ष
जाहाँ तिमीलाई आँप खुवाउथे म
आज बूढो भएको छ म जस्तै
थोती,कुप्री,उजाड, उदास छ
गुँड लगाएर बसेका जुरेली पनि बसाइँ सरिसके
ढल्नु भन्दा पहिले त्यो वृक्ष आएर समापन गरिदेउ `ऋतू।
सास त चलेकै छ `ऋतू
यो आशाको आश  मर्दैछ
सास चल्नु मात्रै पनि जीवित हुनु रहेनछ
आश नभएको जीवनको अनुराग भएन।
कुनै दिन तिम्रो व्यस्त समयमा
यो आशा तिम्री आमालाई सम्झियौ भने
धेरै त केही भएको हुनेछैन
मेरो माशंपेशीहरू गलिसकेका हुनेछन
अस्थीहरू तिम्रो स्वागतमा तत्पर रहनेछ।
मेरो हातमा एउटा चिठी हुनेछ
जसमा लेखिएको हुनेछ
मेरो अन्त्योष्टीमा; मेरो अस्थी सङ्गै तिम्रो पश्चाताप जलाइदिनु
तिमी दुखी भएको हेर्न सक्दिन
यो बूढो घर बेचिदिनु
र  तमाम त्यी व्यस्त सन्तानहरूलाई पारिश्रमिक स्वरूप दिनु
जसले आमालाई जीवित भेटिदिएर आफ्नो कर्तव्य पूरा गर्नेछन
अन्त्यमा मैले तिमीलाई सिकाउन बिर्सेको जीवनज्ञान्
तिम्रो सन्तानलाई सिकाउनु
पैसा भन्दा ठूलो ममता र करूणा हो
तिम्री आमा आशा साहनी।

क बाट कलम ! जनक कार्की | Offline Thinker

 

Offline Thinker मा प्रकाशित अन्य रचनाहरु पढ्नुहोस।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

YOU MAY ALSO LIKE

4 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *