Janak Karki | STOP RAPE | Nepali Poem

Nepali Poem
घृणाको पनि लायक नभएका बलात्कारीको नाममा :
कुनै न्युक्लिएर बमभन्दा
हजारौं गुणा विध्वंसकारी हुनसक्छ
कामुक पुरुषको लिङ्ग !
****
ब्रम्हाजी
दरिद्र पुरुषको सिर्जना गर्न बन्द गरिदेऊ
तिमीले बनाएको
बहुलाएको पुरुषभन्दा
बैज्ञानिकले बनाएको रोबर्ट
धेरै सुरक्षीत र अनुशासीत छ !
***
फेरि पनि बलात्कार भएको छ
सडकमा मैनबत्ती प्रज्वलित हुने छ
यसपटक मैनबत्तीको ठाउँमा
बलात्कारी पुरुषलाई जलाएर हेर
अर्कोपटक मैनबत्ती जलाउन पर्ने छैन !
***
कुनै पनि दृश्य कामुक हुँदैन
कामुक हुन्छ त दृष्टि !
***
केही मान्छेहरू
विश्लेषण गर्दै छन्
छोटो कपडा बलात्कारको कारण हो
त्यहाँ कोहि थिएन कि
बलात्कार छोटा कपडाले होइन
छोटो मानसिकताले हुन्छ भनेर व्याख्या गर्ने !
****
नारीहरू
नंग्न हिँडिदेऊ
तिम्रो स्तनलाई सितन देख्नेहरू
बताइदेऊ
बलात्कारीको विर्य यसैबाट बनेको हो
छर्लङ्ग देखाइदेऊ
योनी र भनिदेऊ
जुन योनीमा आफ्नो बहुला वासना पोख्ने सोच्दै छन्
यहि बाटो हुँदै आएका हुन् धर्तीमा !
जनक कार्की
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *