(शून्यताका राजा, शून्यतामा सबैभन्दा बढी सुनिएको आवाज… महार्शनीसँग रिलेशनल प्रोडिजी (Relational prodigy), फ्रेन्डस् बिथ बेनिफिट (Friends with benefit) रहेका, स्वच्छन्द आकाश नियाल्ने। अर्थहिन संवाद वकालत गर्ने, विख्यात अनी लवज भएका, सावधिक सिपालु आर्चर (Archer), उनी कुटिल मन-मनुष्य। )
भक्त दाजु,
च्यातिएर पनि नचेतिएको चेत सङ्गाल्दै अब के गर्न खोज्नु भएको? यो अविरल आव्हान किन? म कदर गर्छु, म तपाईँलाई सदर राखी कदर गर्छु। तर आजको समयले मलाई शंकास्पद संकल्प भन्दा बाध्यस्पद बंधन रोज्ने फराकिलो कानुन सिकाएको छ। हुन त जीवन भनेको संकल्प र विकल्पको अर्को नाम न हो। तर तपाई किन बारम्बार त्यही पुरानो खोक्रो टेलिफोनमा अननोविङले अननोन (unknowingly unknown) अङ्क दवाई। कोफि अनान (Kofi Annan) को घरमा रिसिभर उठ्ला नउठ्ला, चाहनाले घोत्ली रहनुभएको छ। भयो छाडिदिनु। दाजु, आज पनि नम्र स्वभाव बोकी तपाईको ७ रिंग कल जाँदैन।
सती देवी सत्य सारथीको फ्यान भइन रे। कुनै एकात्म युद्धको पराजय स्वरुप ऊ द्वैत तत्वहरूको विविधता बीच १०सौं शताब्दीको दर्शन पहिल्याउदै एकालाप आत्मा मन्थन गरी तपाई सँगै-सँगै हिँड्न चाहन्छिन् हरे। बरु सत्यार्थीले तपाईँलाई पनि आजको युगको हल दिने छ। उसको फ्यान भइ जानुस् ।
(सत्यार्थीको भाष्य यस्तै छ, दिव्य साथ अंश पाएको दिन ऊ दिव्यांश ज्वज्वलमान सूर्यका कथा लेख्छ, कोलाको खम्बा मुनि बसेर कुनै उत्तरको हल पाए कोलाहल मचाउँछ।)
त्यागी हिँडौँ यीं सब कुरा दाजु। छोड्दिनुस्। बरू युद्धको गह्रुङ्गो बोझ तगार्दै अन्नयांस खुसीतर्फ लागिरहेका दिवङ्गत शैनिक प्रति शारीक चढाउन घाट पुगेर आउँ। लास वरिपरिका कालो गुलाफ सुम्सुम्याउँदै आलाप विलाप रोइकराइ गरेकी बिधुवा नारीलाई घाटबाट घर छोडीदीउँ। तपाईँलाई थाहा छ, घाट र घर बीच Similarities के छ ?… यस्ता कूरा भए साल साल। भक्त दाजु सबै शैनिक त घाट पुगेन्न तर मूलाधारमा मरेको सपना अनुवाद गर्ने हरूको घरै नजिकै समाधि खैरो थियो। उनीहरू एक्लो जीवन बोकेर घरै फर्कि आए। यहिँ विश्राम गरिरहेका छन्।
दाजु तपाईँ कसैको दिव्य चित्र कोरि रहनुभएको छ। सुन्या थिएँ, तपाईँ उसको अश्लील अश्लीलताको सत्कार खुला रङ्गमञ्चमा वेश्याहरूसँग गर्नुहुन्छ रे। यो चिठी उसैले मेरै नाममा लेखेकी हुन्। म तपाईँको कान्छो मनको इच्छा, आकांक्षा! , तपाईँको विश्वसनीय आलोचक, हितैषी स्वामि आनन्द ज्ञानराहि।
( तर यी सबै कुनै Constant consequences मा conceive भएका Message हरू हैन्न। यो सङ्ग्राम मैद्वारा रचिएको हो।)