मध्यान्तरको विडम्बना | Swachchhanda Regmi
आज हाम्रो माया एकादेशको काहानी बन्न गएको छ।
सानो छँदा बुबाले सुनाउनुभएका ती सबै एकादेशका कहानीहरूमा मैले उमंगका सिकहरू सिक्थेँ।
आज म विवाद पछाडीको विछोड रोज्दै छु।
अनि यहाँ देश जस्तो अलि कम र तिमी र म जस्तो बढी छ।
बितेका हाम्रो सम्पूर्ण वास्तविकता आज बजारू हुन गएको छ।
मलाई थाह छ कि त्यो परिकल्पनाको सागर तिम्रो आँसुबाट बनिएको हो।
र मलाई ती कुरा थाहा छ कि म त नदीहरूको देशको मान्छे।
नदी हुँदै, समुद्र बनी, सागरहरू मेरै पानीले बन्दछ।
समय र बदलिएका हाम्रा ती अटुट सोचहरु…..
मंसिरको चिचिलो, जेठमै फलेर।
भाद्रमा भुइँ झरी जानु नै पर्छ भनी बतास बिना श्रावणै नपर्खी आषाढ़मा तुहिए जस्तै हो।
राजा त सोचेरै डराए।
तिमी र म त झन सामान्य/साधारण, जसलाई मान नि चाहिएको छैन र राणा खानदानबाट पनि हैनौँ।
तिमी, म हैन। तर म तिमी हो।
तिमीले मलाई कदर गर्यौ। र मैले मलाई सदर राखी कदर गरिएन कि भनी हेर…।
तिमी त कुवा रहेछौ। म भने खोला।
हाम्रो उत्पत्ति माटो नै हो। म सल्ल्ल्ल्ल, तिमी गुम्म।
हिमाल चिरेर, पहाड फोडेर माटोको नसो मैले समाए।
तिमी माटोमै उत्पन्न भयौ, साँच्ची मैले के पो समाएँ?
रुपा कुमारी नयन-वदन तिम्रा,
हिलोमा फुल्ने नलिनी, नुहाए झै।
काँडै बिनाको गुराँस मलाई अस्वीकार्य भयो।
बाँधिएको तिमीमा म।
अपहेलना, मलाई साँघुरो सोच उपहार भयो।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments