एक जोर नशालु आँखाले
इन्जेक्सन लगायो
बेहोस भएछु
होसमा आउँदा
शल्यक्रिया कक्षमा थिएँ
कति बेला उसको धारिलो
प्रेम छुरीले चिरेर मुटु गायब पारीछ
पत्तै भएन
म हत्तपत्त १०० डायल गर्छु
मुटु हराएको एफआईआर लेखाउन ।
Read More From Janak Karki:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

