Nepali Poem | चुनाव चिन्ह – मुटु | Janak Karki

Janak Karki

उम्मेदवारी दिएको छु
तिम्रो मनको प्रतिनिधि सभामा
घोषणा पत्रमा धेरै कुरा
अटाउन सकेको त छैन
बस् निस्वार्थ,निशर्त,पवित्र प्रेम
जस्ता केही आदर्श लाग्ने कुराहरू
पर्चामा छापेको छु ।
तिम्रो मनसम्म भोट माग्न आउने
उम्मेदवारीले यो भन्दा धेरै कुरा पक्कै
आफ्ना घोषणापत्रमा समेटेका होला ।
जिन्दगीको सवाल छ
दिग्भ्रममा नपर्नू
मिल्छ भने अमूल्य भोट
मुटु चिन्हमा लालमोहर लगाउनू ।
विश्वास गर एकपटक भोट हालेपछि
पाँचपाँच वर्षमा भोटहालिरहन पर्ने
झन्झटबाट मुक्त गराएर
जीवनप्रयन्त
जिम्मेवारीपूर्वक
हाम्रो प्रेमको सरकार चलाउने छु ।
तर,
तिमी भन्छौ-
यो मौन अवधि हो
तिमीलाई जवाफ दिन
निर्वाचन आयोगको
आचारसंहिताले रोकेको छ ।

 

 

Read More From Janak Karki:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *