सत्ता पाए, मान्छेको घमण्ड पनि बढ्दो रहेछ
छातीभित्र, ममताको भावना जाग्दो रहेछ ।।
विकास गर्छु, सुधार ल्याउँछु, भन्ने त्यो नेता पनि
मत दिई जिताउने जनतालाई भुल्दो रहेछ ।।
दमन गर्ने शोषण गर्ने व्यक्तिहरूको कमी छैन
त्यस्तैलाई समाजमा ठूलाबडा मानिदो रहेछ ।।
न्याय र इन्साफका आशावादी जनता पनि
विवश भई अन्याय अत्याचार सहँदो रहेछ ।।
शोषितलाई छाँयामा पारी शोषकको पूजा गर्ने
विद्यमान समाजको मूल आदर्श रहेछ ।।
के गर्नु?
विभेद र असमानता समाजको तितो सत्य रहेछ ।।
-Rhythm Bhetwal
Read More From Rhythm Bhetwal:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.comgh
Facebook Comments