दूर !
~~~
कसले भन्छ,
दूर रहेर –
माया गर्न सकिदैंन भनेर ?
प्रिया !
टाढै रहेर पनि सूर्यले,
जाडोमा प्रेमरुपी
न्यानोपन प्रदान गर्दछ ।
प्रिया !
बादल पनि त हाम्रो नजिक छैन,
तर पनि गर्मीमा
वर्षाएर प्रेमका धाराहरु
यसले शीतलता प्रदान गर्दछ ।
प्रिया !
एकपटक जूनलाई हेर त !
अध्यारो रातमा पनि,
अरुबाट लिएको सापटी ज्योतिलाई –
छरिदिन्छ जमिनतिर,
अनि उज्यालो फैलन्छ चारैतिर ।
त्यसैले त प्रिया !
म तिमीलाई
दूर रहेर पनि,
ती घाम, जून र बादललेजस्तै
प्रेम गर्न चाहन्छु।
प्रेम गर्न चाहन्छु ।।
-Sameer Sapkota Cheetri
Read More Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

