रमेश ‘उदास’को गजल | Offline Thinker

गजल

गजल

जब मेरो खुसीले तिम्रो खुसीसँग प्रेम गरेको छ

र त यो उमङ्गको सागर मेरा आँखामा बसेको छ

यस्तो लाग्छ तिम्रा हरेक शब्दहरुमा खुस्बु होला

साच्चै नै फूल बनेर कोहि तिमीभित्र फुलेको छ

तिमी हुनुको पहिचान मलाई यति काफी छ सानू

जब म मौन हुन्छु तिमीले मनको कुरा बुझेको छ

मायामा आशाको डोरी र भरोसा टुट्दैन कहिलै

जब दुःख पीडा र खुसी दुबैले बराबर भोगेको छ

छैन म सँग अरु कुनै पनि सबुत तिम्रो मायाको

यति नै थाहा छ तिम्ले मुटुभरी मलाई राखेको छ

रमेश ‘उदास’, इटहरी सुनसरी

You may also like:

उनी, म र मेरो डायरी २ | सुमन भट्टराई | Offline Thinker

Get in touch with us for more Articles and Writings. We regularly post on our Facebook, Twitter, and Instagram.

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *