महाशय अहिले
तपाईं पूर्णत
अन्धो भइ सक्नु भएको छ
र
तपाईंको जोडा नयनमा
बेरिएको छ कालो चस्मा ।।
हो महाशय तपाईं
त अन्धो मात्र होइन
तपाईं त बहिरो पनि
भइ सक्नु भएको छ
र
त कानमा
झुन्डिएको छ आलिङ्गन हेड्फोन ।।
तपाईंका क्रान्तिका
सुरतालहरूले अब
रङ्गफेरि सकेका छन्
त्यसैले अब तपाईं
सामन्तमा डिपुटेशन भइ सक्नु
भएको छ ।।
तपाईंलाई
कुर्सीको हिप्नोटाइज लत
लागि सकेको छ ।।
त्यसैले अब तपाईं लंगडो
भइ सक्नु भएको छ ।।
अनि त
तपाईंको पोल्टाबाट
उम्रन्छ र फल्छ,
फुल्छ
साम, दाम, दण्ड, भेदको
करप्टेड कर्पोरेटेड सहुलियतपूर्ण
डर्टी पोलिटिक्स ।।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

