स्पर्श
तिम्रो पाउनुलाई
भौतारी रहेछु
चोक र गल्लीहरूमा ।।
गुडुल्की
परेको मनमा
याद र झझल्कोको
कालो भारी बोकेर
हराइ हराइ
रूमली रहेछु
कता कता एकान्तमा ।।
सम्झनाको बहीखातामा
तिम्रो कोलाहल
सुमधुर आवाजलाई
कोट्याउदै कोट्याउदै
जोख्दै छु
तिमीलाई
घूमिल स्पर्शमा
धूमिल स्पर्शमा ।।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments