उ माथि डाँडामा
पुग्ने लक्ष्य छ ।।
बीच बाटो
कस्तो होला थाहा छैन ?
तर हिड्नु छ
निरन्तर निरन्तर
अनन्त अनन्त ।।
लड्दै पड्दै
उठ्दै
हिड्नु छ
हिड्नु छ ।।
त्यो डाँडामा पुगेर
चियाउनु छ
बेरङ्गी
शान्त क्षितिजलाई ।।
अनि रच्नु छ
यात्राको एउटा अध्याय ।।
जुन अध्यायमा
समेटिएको हुन्छ/हुनेछ ।।
लक्ष्य, संघर्ष
सपना र अठोटको
नेपथ्य
विम्व अनि प्रतिविम्व ।।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

