निन्द्रा देवि तिमी
कति प्रिय
सबको
सबैलाई अरामले
पल्टाइदिने,
कसैलाई बेडमा,
कसैलाई रोडमा,
प्यलेट फार्ममा,
झुपडीमा,
महलमा,
एसिमा,
नन-एसिमा
जहाँ कहि
सुताइ दिने
अराम दिने
वाह!
त्यसैले त
तिमीलाई
प्रेम नगर्नेहरु
छैनन् हाेला,
यस
दुनियाँमा ।
सबैले
वाह! वाही गर्छन् तिम्राे।
तिमी कति
प्रिय छाै,
बालकदेखि बुढा,
जवान-जवानी,
राजादेखि रैति,
छन् सबै तिम्राे प्रिय।
तिमी क्या दामी छाैँ,
क्या नामी छाैँ,
सबैलाई
आफ्नाे काखमा
सुताउन सक्ने,
तिमी महा प्रेमी
मायालु,
दयालु,
छाै।
हाे, तिमीमा
एक खुबीयत छ,
मेहनतीकाे लागि
महझैं मीठाे छाै।
चाेर, फटाहाकाे लागि
काेइलाझैं कालाे छाै।
मेहनति र अल्छिलाई
छर्लङ्गै छुट्टाई दिने,
तिमीसँग तागत छ।
वाह!
निन्द्रा देवि तिमी
क्या न्यायवाली छाै।
Read More From Moti Ratna:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

