Nepali Poem | विश्वासमा शंका किन ? | Anupam Joshi

Anupam Joshi
विश्वास तौलिने तराजु बनाइदिनुस् कोहि ,
अनि नापेर यति विश्वास गरेँ भन्न सकुँ ,
भावलाई नाप्ने यन्त्र बनाइदिनुस् कोहि ,
अनि तौलेर यति भावविभोर भएँ भन्न  सकुँ,
बनेको नै छैन भने, विश्वासमा शंका किन ?
भावनामा कुठारापात किन?
हर क्षण विश्वासको अग्निपरीक्षा दिनुभन्दा ,
हर निमेष भावनाका ओसारपसार गर्नुभन्दा ,
लाग्छ विश्वासमा आशंका नै नहोस् ,
भावनाका निर्णयमा दङ्गा नै नमच्चियोस् |
जब शंका नै लाग्छ भने विश्वास गर्नु व्यर्थ छ ,
भावनाका छालहरुमा पनि केहि न केहि स्वार्थ छ ,

हो म मान्छु ,
विश्वास गर्नु ख्याल गरेको छु भनेर दर्शाउनु हो ,
तर, के ख्याल सबै कुराहरुमा राख्न सकिन्छ र ?
भावनामा बहकिनु भनेको आत्मियतालाई दर्शाउनु हो ,
तर, आत्मियता हरबखत परस्पर हुनुपर्छ र ?
उत्तर जटिल छन् है ? दुबै प्रश्नका |
अनि किन जटिलताका विषयमा सरल स्पष्टीकरणको अपेक्षा राख्छौ ?

विश्वास यदि भ्रम हो भने दोष नयनलाई किन ?
भावना आत्मिय मित्र हो भने दोष सम्बन्धलाई किन ?
आँखाले देखेका सबै सत्य कहाँ हुन्छन्?
बनाइएका मित्र सबै आत्मिय कहाँ हुन्छन्?
नाप्ने यन्त्र छैन त नाप्न खोज्ने मूर्खता किन?
जोख्ने संयन्त्र छैन त जोख्न खोज्ने अधैर्यता किन ?

अन्ततः विनम्र आग्रह मेरो ,
सत्यताको सम्बन्धमा विश्वासका पर्खाल नलागाउ ,
भावनाका स्तम्भमा मासुमियतताका आँशु नाबगाउ ,
किनकी विश्वासभन्दा माथि सँधै सत्य हुनुपर्छ ,
भावनाका धरहराको पनि औचित्य हुनुपर्छ ||

Read More Similar Stories and Nepali Poem:

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *