Nepali Poem | कठपुतली | Rishi Tej Lamgadey

Nepali Poem

बुझी हेर हामी बन्द छौँ
कारागारभित्र संसार बन्दै छ,
किनारामा अदृश्य बार छन्
त्यसै भित्र रम्ने हामी कैदी हाैँ।
वास्तविकता भन्दा कोषौँ टाढा,
भ्रमको कुरुप,सुन्दरताहीन मैदानमा
अन्योल पाइला तालमा नचाई
शुर मिलेको खास, बेसुर हामी।

विगतमा रचित कु-कथा
वर्तमानको अनविज्ञ आँखाहरुमा,
सोझा हातहरुले कलम चाली
कठपुतली बनाइ भेडो मस्तिष्क,

सुन्छन् कानहरु त्यति नै
जति सुनाइन्छ,
देख्छन् आँखा त्यसरी नै
जसरी देखाइन्छ,
सोच्छौ तिमी यति नै
जति सोच बुनिएको छ,
चल्छ चेतनाहीन पुत्ला यसरी
जसरी चलाइन्छ,
हामी मासु, हाडको कठपुतली,
बुझी हेर चल्दै छौँ, या चालिँदै?

स्वतन्त्र गराइने आवाजहरुले
कैद गरेको छ हामीलाई,
कैद भएका छौँ अन्धो गुफामा
गुफा हो यो पराजयको, हामी अश्वत्थामा,
बुझि हेर हामी कैद छौँ,

तिम्रो गुताङ्गमा पनि
नियम लगाइएको छ,
लाहाछाप ठोकिएको छ
ठोक्न पाँउदैनौ,
बुझी हेरौँ हामी कैद छौँ
कारागारभित्र संसार बन्दैछ।

 

 

 

Read More Nepali Poem:

 

 

 

 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *