खोजिरहेछु शब्द मौनताभित्र ,
खोजिरहेछु शब्द उसैभित्र ,
शून्यतामा विलिन हुने डरले,
बढीरहेका आफ्नै धड्कनभित्र।
म
हुन सकिन, मान्छे चाहेको ,
बोल्न सकिन, मनले सोचेको ,
कसरि खै, यी भाव मेरा ,
भन्न सकिन, कहानी,भन्न खोजेको।
म झुक्छु निरन्तर, ती वृक्ष झुकेझैं ,
म कुर्छु निरन्तर, दिनले रात्री कुरेझैं ,
म बग्छु निरन्तर, ती अश्रु बगेझैं ,
म झर्छु निरन्तर, ती उचाई अग्लेझैं।
न बोल्छन्, न सुनछन्, ती तिम्रा सुन्दर तस्बिर ,
न हेर्छन, न देख्छन्, ती तिम्रा मनका पिर,
न बुझ्छन्, न सुझ्छन्, ती तिम्रा शब्द गम्भीर ,
न रुक्छन्,न मेटिन्छन्, कोरिंदै, छन् लकिर।
-Anupam Joshi
Read More Nepali Poem Anupam Joshi:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

