भो अब अति भो! | Moti Ratna

Moti Ratna

हाम्रै वरिपरि आज

मृत्युका ताण्डव नाचहरु,

हाम्रै आँखा अगाडी नाचिरहेछ,

मानवताको धज्जी उडाउने गरी

खुल्ला सडकमा तमासा देखाइरहेछ

सबै मूकदर्शक बनी हेरिरहेछ।

भो अब अति भो

विश्व सारा उठ्नैपर्छ

कोरोनासँग लड्नैपर्छ

जित हासिल गर्नैपर्छ।

 

सुनसान छ बस्तीहरु

अस्पतालहरुमा चाडपर्व आए जस्तो,

बिरामीहरु लस्करैका लस्करै

हुलका हुल

कमिलाहरुको ताँतीजस्तै

मेडिकल, फार्मेसीका गोटी किन्न

न्याउरो, उदास,

थकित र चिन्तित अनुहार लिएर,

बेडमा असजिलो गरी पल्टिरहेका

अक्सिजन नपाएका संक्रमितका चित्कारहरु,

डाक्टरहरु औषधि सकियो भन्दै

नर्सहरु लखतरान निरास देख्दैछन्,

आशा र उमंग मामाघर गएजस्तो देखिन्छ,

निरासाको कालो बादल

उनीहरुलाई घेरेको आभासमा,

नयाँ आशा र उमंग बोकी

डाक्टर नर्स सबै उठ्नैपर्छ

कोरोनासँग लड्नलाई

सारा शस्त्र-अस्त्र भिर्नैपर्छ।

 

 

दिन-दिनै कति सिउँदो पुछिँदै छन्,

कति टुहुरा-तुहुरी हुँदै छन्,

कति विधवा

कति सहादत प्राप्त गरे

कति संक्रमित भए

कति आईसीयूमा

कति भेन्टिलेटरमा

कति लाल मुरै लिन गए

कति गन्छौ सरकार

कति लेख्छौ पत्रकार,

तिमीले लेख्न सक्थ्यो

भन्न सक्थ्यो

यति संक्रमित जाती भए

यतिमा कोरोना नोगेटिभ देखियो,

यति बेड खाली भयो,

भो अब अति भो

आशा उमंगको शब्दहरु बोकी

पत्रकार, साहित्यकार,

गायक, नायक

मिडिया सबै उठ्नैपर्छ

कोरोनासँग लड़नलाई

शब्दहरुको शस्त्र-अस्त्र भिर्नैपर्छ।

तिम्रो शब्दहरुले मनमा शान्ति ल्याउन सक्छ

मनोबल बढाउन सक्छ

कोरोनासँग लड्ने शक्ति दिन्छ।

र पो

हुन सक्छ जित

बाजा-गाजाको खुसियालीमा

बिना मास्क स्यानीटाइजारको

खुला आकाशमा उड़ने पंछीझै

स्वच्छ प्राकृतिक स्वास फेर्दै

(आनन्दित, स्वस्थ मानव बन्न सक्छ)-२

 

Read More From Moti Ratna:

म र मेराे सारङ्गी | Nepali Poem by Moti Ratna

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *