Nepali Poem by Moti Ratna
शहरकाे काेलाहल,
धुँलाे-धुँवा,
पेँपु-पेँपुकाे आवाज
सबैबाट ताढा
एकान्त वातावरणमा,
म र मेराे सारङ्गी
आफ्नाे बेग्लै
आवाज निकाल्दै छाैँ।
शहरकाे सडकमा
ठूलाे गाडीले
सानाेलाई उछिन्दै,
फुटपाथमा
माेलमाेलाईकाे हल्लीखल्ली
बारगेनिङ्ग भईरहँदा,
म र मेराे सारङ्गी
कञ्चन पानी जस्तै
निर्मल, निस्वार्थ
मायाकाे आवाज निकाल्दै छाैँ।
मानिसहरु रङ्गभेदी
जातीयताकाे
कुरा खाेतल्दा,
उचनिचकाे भावना
मनमा बसाल्दा,
म र मेराे सारङ्गी
माेहित पार्ने सुमधुर धुनले
साना-ठूला,
धनी-गरिब,
महिला-पुरुष,
कालाे-गाेराेकाे
जंजिर टाेडी
(सबैले गुनगुनाउने आवाज निकाल्दै छाैँ।)२
Read More From Moti Ratna:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments