पापी पेट | Nepali Poem | Shakuntala Nayak

Shakuntala Nayak

के सोचेकी थिएँ जिन्दगीमा
के-के भयो आज…
एका-एकै कोरोना जस्तो महामारी आयो
दिउँसै पर्यो रात…

दोष त त्यो पापी पेटको हो हजुर
नत्र मर्ने कसलाई रहर हुन्छ र !
दु:ख पर्दा सबै चिनिएँ
खुशीको त के कुरा गर्नुहुन्छ हजुर?

बस् आफूमा धैर्य र कर्मको यात्रा सधैँ जारी राखी
भविष्यको प्रतिक्षामा छु म जब…
एक दिन फेरी जून उदाउँनेछ
र यो महामारी जस्तो औंशीको रातलाई उज्ज्यालो पार्नेछ ।

-शकुन्तला नायक

 

Read More Nepali Poem by Shakuntala Nayak:

 

बालविवाह ; एक कानुनी अपराध

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments
I am a Biotechnologist and Social worker as well.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *