‘रहन्छौ कहाँ म नै नरहे’ – पृथ्वी | Nepali Poem | Shakuntala Nayak

घनघोर जंगलबाट आउने,
सितल हावाहरु
मेरा प्राणीहरुका लागि,
गर्मीका पंखा हुने गर्थे ।

चराका चिर्चिरसँगै,
धर्ती अनि आकाश
खोलाका सुसाइमा,
संगीत सिर्जना गर्थे।

हिरा झै टिलिक्क टल्किने,
हिमालका सेता हिउ हेर्दा
कसको मन
रम्दैन थियो होला र !

पहाडबाट बग्ने कलकल,
झरनाको चिसो पानी पिउँदा
बाटोमा हिड्ने बटुवाको,
लामो समयको प्यास मेटिन्थ्यो ।

तर आज
विज्ञान र प्रविधिहरु आविस्कार गरी
मानिसहरुले आफ्नो सहजीकरणको लागि,

ममाथि घात गर्दैछन् ।

हिजो खेती गर्ने सबै नौजवानहरु,
आज धन कमाउने लोभमा
हजारौंको संख्यामा विदेश पलायन हुँदैछन्,
त्यसैले आज मेरो हेरचाह गर्ने कोहि पनि छैनन् ।

म त मरुभूमि झैं भएकी छुँ,
वनजंगल विनाश गर्दैछन्
आफ्नो घर बसाउने प्यासमा
र आज मेरा पशुपंक्षीहरु बेघर भएका छन् ।

मेरो जीवन चक्र भङ्ग हुँदैछ,
जसको दुःख
आज सबै प्राणीहरुले
भोग्नु परेको छ ।

हे मेरा सर्वश्रेष्ठ प्राणी,
नघटाउ आफ्नो आयु
अनेकौं रोगले संक्रमित भएर,
आफ्नो स्वार्थको लागि मलाई प्रदुषित पारेर।।

 

Image by HelloVector

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments
I am a Biotechnologist and Social worker as well.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *