छोरी हुँ बाबा र आमा म हजुरहरुकी , छोरी नै रहन दिनुस् मलाई,
न सम्झनुस् अभिश्राप मलाई, आशिर्वाद नै रहन दिनुस् मलाई…,
निलो गगनमा स्वतन्त्र चरी जस्तै उड्न दिनुस् मलाई, वायुसँग रमाउन दिनुस् मलाई,
कमजोरी होइन, शक्ति हुँ हजुरहरुकी ,यसरी भ्रुणमै नमर्न दिनुस् मलाई…..
मेरो पनि जिन्दगी छ,मेरो सपनामा रंग भर्न दिनुस् मलाई,
हौसला बढाउने गर्नुस मेरो, कुदृष्टिबाट निडर बन्न दिनुस् मलाई…,
म पनि छोरा जस्तै नाम कमाउनेछु एक दिन, बाहिरको संसार हेर्न दिनुस् मलाई,
छोरी जात बोंझ होइन, भगवानको एक अमूल्य उपहार सम्झी स्विकार्नुस् मलाई…..
संघर्ष ठूलो अभिमानी हो, बस् कठिनाईसँग लड्न दिनुस् मलाई,
अझ पनि बलियो बन्नेछु म, बस् संघर्षमा हुर्कन दिनुस् मलाई….,
तुफानसँग लड्नेछुँ म, बस् कलमबाट एक बौद्धिक हतियार बन्न दिनुस् मलाई,
संसारमा ठुलो किर्तिमान अवश्य कायम गर्नेछु एक दिन, बस् एक चोटी लड्न त दिनुस मलाई….
मुटु धेरै बलियो छ मेरो, सपनाको भर्याङ्ग चढ्न दिनुस् मलाई,
यो संसारले पनि सम्झनेछन् मलाई एक दिन, बस् निडर भई हिड्न दिनुस् मलाई…,
सुमार्गमा हिड्नेछु सधैं, बस् एक पाइला अगाडी बढ्न दिनुस् मलाई
हजुरहरुकै सन्तान म पनि हुँ, यो संसारमा आउन त दिनुस् मलाई……….!
– Shakuntala Nayak