दाइजो : एक प्रथा या कलंक | Nepali Poem | Shakuntala Nayak

जुन फूल सरह मुस्कान भएकी छोरीलाई,
बाबाले राख्नुहुन्थ्यो सम्हालेर..
आज उसको बिहे गर्नलाई,
सोच्नुहुन्छ कहाँबाट जुटाउ दाइजो..
थाह पाइनन् उनले जब
खेल-खेल मै बित्यो उनको बाल्यकाल,
हिजो त थिइन् कति सानी,
कहाँबाट आयो यति छिटो उसको जवानी…

धौ-धौ गरी जुट्छ केहि रकम,
पाउमा पडेछ छालाको जखम..
अरुले नचाहेर पनि लिइन्छ कर्जा,
गर्नुछ पुरा एक बाबाको फर्ज…

हिम्मत गरेर अन्त्यमा गर्छन् कन्यादान,
केटा पक्षले दाइजो लिनु बुझ्छन् आफ्नो सान..
उसको लालचको भोक कहिलै मेटिदैन ,
र न त मिल्छ नै बुहारीलाई छोरीलाई सुख..

सुन्छिन् उनले ससुराल्मा कयौं गाली,
लुकाउछिन्न आफ्नो आँशु,आमाको नजिक बनाउछिन्न बहानाहरु,
छोडेर आउँछिन् आफ्नो घरलाई, त्यागी दिन्छिन् आफ्नो नाम..
धिक्कार छ त्यो पुरुषमाथि जसले गर्दैनन् यस्तो स्त्रीको सम्मान,
हद त तब भयो जब सुन्नुमा आयो,
सासुले बुहारीलाई दाइजोको लागि जलायो…

यो संदेश छ त्यो बाबालाई,
पढाउनुस् अनि सक्षम बनाउनुस् आफ्नो सन्तानलाई,
यदि चाहनुहुन्छ जरा देखिनै मेटाउन भने ,
यो दाइजो जस्तो अभिश्रापलाई ……………!

-Shakuntala Nayak

Image by mohamed Hassan

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments
I am a Biotechnologist and Social worker as well.

YOU MAY ALSO LIKE

0 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *