स्वतन्त्र आकाश | Nepali Poem | Bikram Singh Dhami

पहिला जस्तै त्यो भाव छदै छैन सम्बन्धमा
त्यो गजबको उत्साह छदै छैन सम्बन्धमा,
थाहा छैन तिमी फेरिएकी हौ या
यो सम्बन्ध फेरिएको हो ।

घण्टौँ एकअर्काको मायामा हराउनु,
साथै हुँदा पनि कतै भाग्छौ कि भनेर डराउनु,
ख्याल ठट्टामै एक अर्कालाई कराउनु
सबथोक
सबथोक विलिन भएको छ ।

तिमी त उड्न चाहन्छौ रे स्वतन्त्रताको खुल्ला आकासमा
मेलै तिम्रा पखेटा काट्न खोजेको हुँदै होइन।
तर प्रिय
लागेको छ डर मनमा
स्वतन्त्र आकाशमा उडेकी तिमी,
फर्केर आउदै आइनौ भने ?

-Bikram Singh Dhami

Image by Denise Husted

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *