जीवन दिने पानी छेउ, जीवन लिने हुन सक्छ।
होस् गर है, भेडाको भेषमा ब्वासो छुन सक्छ।
जीवन मरणको दोसाधमा, हतार कहिल्यै नगर्नु,
विचार गर वरिपरी अवसरवादी आई रुन सक्छ।
होस् गर है, भेडाको भेषमा ब्वासो छुन सक्छ।
जीवन मरणको दोसाधमा, हतार कहिल्यै नगर्नु,
विचार गर वरिपरी अवसरवादी आई रुन सक्छ।
किताबमा खाेजेँ, जीवन कसरी जिउने भनि।
हार र निरास जीवन, कति बाेटल पिउने भनि।
हेर्छु जीवन फरक-फरक, किताब र यथार्थमा,
अन्याैलमा छु आफ्नै आकृति कसरी सिउने भनि।
तिमी छाै र म जिउँदै छु पियारी।
बाँच्ने आशामा सिउँदै छु पियारी।
बाँसस्थानकाे जल सुक्दा यहाँ किन,
जलकाे एक थाेपा पिउँदै छु पियारी।
Read More From Moti Ratna:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

