Nepali Poem | म किन तिमीसंगै हिड्छु? Prashant Bagale

Prashant Bagale

कहिले,
म तिम्रो पछाडी हिड्छु,
किनकि
म तिम्रा
असल र राम्रा गुणहरुलाई पछ्याउन सकुँ।

कहिले,
म तिम्रो अगाडि हिड्छुँ,
किनकी
तिमीले कहिलेकाहीँ बाटो बिराउँदा
म तिमीलाई मार्ग निर्देशन गर्न सकुँ।

कहिले,
म तिम्रो छेउमा,
तिमीसंगै,
तिम्रै साथमै हिड्छु,
ताकी
म तिम्रो सहयात्री भएर
तिमीसंगै अन्त्यहीन यात्रा गर्न सकुँ।

 

Read More From Prashant Bagale:

 

 

 

 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *