नारी तिम्राे रुप | Moti Ratna Chaudhary | `रत्न´

Moti Ratna
नारी
तिम्राे रुपकाे अगाडि
सूर्य, चन्द्र जुन निस्तेज हुन्छन्।
प्रकृति-सौन्दर्य,
जीवन -प्राण,
नङ-मासु,
नारी तिम्राे नाताकाे साैन्दर्य
हिमाल जस्तै अटल छ।

नारी
तिम्रै रुपकाे अगाडि
शंकर भाेलेबाबा
न त सक्छन् टिक्न,
मुनाको मदन बनी
झिरको राङ्झाजस्तै
आफू सक्छन् बिक्न,
माया र साैन्दर्यका पाठहरु
धेरैले सक्छन् सिक्न,
नारी तिम्राे मायाकाे संसार
पानी जस्तै कञ्चन छ।

नारी
तिम्राे रुपकाे अगाडि
रावणजस्ता शक्तिशाली,
हिटलरजस्ता ढुङ्गा पनि
पग्लेर मैन बन्छ।
तिमी त जादुवाली हाै,
माेहनीवाली हाै,
साैन्दर्यवाली हाै,
दिलवाली हाै,
शक्तीशाली हाै,
न्यायवाली हाै,
र पाे
तिम्राेे एक नजरले
सारा अन्यायी नाश हुन्छ।

नारी
तिम्राे रुपकाे
व्याख्या गर्दा-गर्दै
मेराे डिस्नेरीकाे
शब्द नपुग्ला,
अक्षर नजुर्ला,
किनकी
तिमी त
साहित्यकारकाे साहित्यमा हुन्छाै,
वैज्ञानिककाे विज्ञानमा,
डाक्टरकाे औषधीमा,
सृष्टिको रचनामा हुन्छौ।
जहाँ-जहाँ हेर्छु
त्यहाँँ-त्यहाँ
तिमी नारी
आफ्नाे साैन्दर्यको विभिन्न रुप बाेकी
उपस्थिति हुन्छौं।
नारी तिमीलाई
छ सलाम!

तर अचेल
नारी तिमी किन?
अनुहारमा जलप घस्दै छाैं।
प्रकृतिले तिमीलाई सुन्दर बनाएछ,
तर तिमी नक्कली रङ्ग पोत्दैछौ,
मेकअपको नाममा
थरीथरीका कृम,
लाली पाउडर,
अत्तर घसी,
चमचम चम्कदै छाै।
बरु तिमी
भित्री हृदयमा अझै प्यार भर,
ममता भर,
आँट भर,
सुकाेमल मन बनाउ।
जसरी तिमी
पहिला चिनिन्थ्याे्
ममताकी,
मायाकी,
प्रेमकी,
खानी बनी आफ्नो पहिचान बचाउ।
अनि दिन्छ आदर,
माया,
प्रेस,
दया,
यो सारा सृष्टिले।

 

Read More From Moti Ratna:

 

भो अब अति भो! | Moti Ratna

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.comv

Facebook Comments
I am interested to write literature in Tharu language. I have written Manke Bojha Gazal sangrah 2070, Temhri Sanyukt Gazal Sangrah 2075, Dutiya sanyukt Muktak Sangrah 2075, Utgaar Gazal sangrah 2076, Chhatri Muktak sangrah 2076, Khatolna Sanyukt Audio Batkohi sangrah 2077 etc.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *