झुमरा गीत
लाली रे चुन्दरी मेरे, ऊडि फहराइल हे।
यहरी वहरी लयराय, रेशमी चुन्दरी ऊडि जाय मोर।।
सर, सर, सर, सर चलल बयलिया हे।
जिया मोर डगमग डोले, चुन्दरी ऊडे धिरे धिरे मोर।।
फर फर फर फर ऊडल चुन्दरिया हे।
महि हे बहुत दिक लागे, घुटघुट खोले खोले खोले मोर
(२०३० साल, कविता संग्रह जुगजुग जिओमा प्रकाशित)

‘झुमरा गीत’ शिर्षक गरेको झुमरा भाखाको गीत थारु साहित्यकार कामता प्रसाद चौधरीले वि.सं. २०३० मा लेखेका थिए।
सृंगार रस मिश्रित थारु गीतमा लेखक चौधरीले आफ्नो प्रमीको प्रतिक्षामा प्रकृतिसँग लुकामारी खेल्दै मनको भावना पोखेका छन्। गीतमा प्रमिकाले आफ्नो रातो फरिया(सारी) उडाउदै नाचेको कुरा उल्लेख छ। उनले आफ्नो जवानीसँगै छछल्किदै, मस्किँदै नयाँ फरिया(सारी) लगाएर आफ्नो प्रमीलाई कुरिरहेकी छिन्।
‘झुमरा गीत’ जस्तै उनले लेखेका अन्य ६५ वटा थारु गीत वि.सं. २०६३ सालमा प्रकाशित किताब जुग जुग जिओमा समावेश छ। ‘गणेश सुमरौती’, ‘देशभक्ति बन्दना’, ‘पिया पिया’, ‘जय जय जननी भवानी’, ‘मैयाक खानी’ जस्ता गीतहरु निकै प्रसिद्ध छन्। यस थारु गीत संग्रहमा देशभक्ति, प्रेम, सामाजिक कुसंस्कृति विरुद्धदेखि मानवजीवनसँग जोडिएका सिकाइ र भोगाइसम्मका भावहरु भेटिन्छ।
उहाँको थारु छारा गिती नाटक लगायत थुप्रै फुट्कर कथा, कविता, नाटकहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्।
वि.सं. १९७८ साल चैत्र २८ गते राप्ती अञ्चल, दाङदेउखुरी जिल्ला पत्रिङगामा गाँउ पञ्चायत (हाल गढवा गाउँपालिका-२ पचहिया गाँउ)मा जन्मिएका थारू भाषाका बुद्धिजिवी, वरिष्ठ साहित्यकार एवं समाजसेवी कामता प्रसाद चौधरीले १०० वर्षको उमेरमा दाङ देउखुरीस्थित लमही ओशो आत्मसाधना केन्द्र (पुरानो धर्मशाला)मा देह त्याग गर्नुभयो। पिता राम नारायण चौधरी तथा माता दानमाया चौधरीको कोखबाट जन्मिनु भएका साहित्कार स्व. चौधरीका दुई श्रीमतीका तर्फबाट ६ भाइ छोरा र ४ छोरी छन्।

साहित्य बाहेकका स्थापना र क्रियाशिलता
-उहाँले २०१७ सालमा पचहिया देउखुरी दाङ (हाल प्रदेश नं. ५ को गढवा गाउँपालिका पचहियामा)मा श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय स्थापना गर्नुभयो।
-२०१७ सालमा तत्कालिन शिक्षा विभागको सेक्रेटरी पदमा रहेर जनता जनार्दनको सेवा गर्नुभयो।
-२०२१ सालदेखि २०२२ सालसम्म तत्कालीन पत्रिङ्गा गाउँ पञ्चायतको उप प्रधानपञ्च, २०२३-२०२६ सम्म प्रधानपञ्च पदमा रही जनताको सेवा गर्नुभएको थियो।
-२०२५ सालमा गाउँ फर्क अभियानका क्रममा पत्रिङ्गा गाविस वडा नं. ६ बनबारीको ऐलानी पर्ती जग्गामा ८ घर कुरिया सुकुम्बासी परिवारलाई बसोबास गराइ श्री प्राथमिक विद्यालय गोवरडिहा-२ बनघुस्री देउखुरी, दाङको स्थापना गर्नुभयो।
-२०३२-०३६ सम्म देउखुरी कुलपानी बोर्ड पूर्नगठनको सदस्य पदमा रही कुलानी विषयमा सेवा गर्नुभयो।
-२०२८ सालमा रात्री प्राथमिक विद्यालय पचहिया दाङ देउखुरीको सञ्चालन समिति अध्यक्षमा मनोनित भई सेवा प्रदान गर्नुभयो।
-२०४४ सालमा सर्वोदिय साधरण मा.वि, सिसहनिया, देउखुरी-दाङको सञ्चालक समितिको सदस्य, तथा थारु कल्याणकारी सभा क्षेत्रीय समिति (तत्कालीन क्षेत्र नं १ देउखुरी)का सल्लाहकार भइ निकै लामो समयसम्म सेवा गर्नुभयो।
-सत्गौवा थारु समाज संघ देउखुरीका सल्लाहकार रहनुभएका चौधरीले २०५१ सालमा श्री गोरक्ष रत्ननाथ शिद्धपीठ, रत्नपुर चौघेरा दाङको प्रतिनिधि भइ सेवा गर्नुभएको थियो।

ओशो आत्म साधना केन्द्रको स्थापना
स्व. चौधरीलको धार्मिक क्षेत्रमा ठूलो योगदान छ। उहाँले २०५४ साल जेठ २७ गते ओशो आत्म साधना केन्द्र, लमही नामक धार्मिक संस्था स्थापना गर्नुभयो।
उहाँले संस्थाको विधिवत दर्ता गराई पुरानो धर्मशालामा आशोको धर्म साधना ज्ञानको प्रचारप्रसार गर्दै प्रशिक्षण दिँदै आउनु भएको थियो। धार्मिक ज्ञानदाता रहनुभएका चौधरीलाई भगवान रजनीश(ओशो)ले आशिर्वाद दिइ ‘स्वामी शिद्धेश्वर’ नाम राखिदिनु भएको थियो। ‘तिमी ध्यान साधनामा शिद्ध पुरुष कहलिने छौ’ भनि ओशो स्वयमःले उहाँको दोस्रो न्वारनको नाम घोषणा गर्नुभएको हो।
-वि.सं. १८७९मा दाङको गोवरडिहाबाट ३ किलोमिटर दक्षिणपट्टी रहको जंगलमा थारू शिद्ध पुरुष महाराज भुवनेश्वरनाथ श्री बाघनाथ बाबा शिद्धयोगीले जंगल कुट्टी स्थापना गरी भगवान शिवको धर्म प्रचारप्रसार गर्नुहुन्थ्यो। स्व. स्वामी शिद्धेश्वर र माँ शिद्धा जंगल कुट्टीका बाबाको ज्ञान साधनाबाट निक्कै प्रभावित हुनुहुन्थ्यो। उहाँले जंगलकुट्टी र ओशो आत्मसाधना केन्द्र लमहीको गहिरो सम्बन्ध रहेको बताउनुहुन्थ्यो।
पूर्ण सन्यासी यात्रा
-२०३३ सालमा आफ्नो घर तथा सम्पूर्ण जायजेथा ६ भाइ छोराहरुलाई छोडेर पूर्ण सन्यासी जीवन अपनाउनु भएको थियो।
-त्यसयता उहाँले आफ्नो जीवन ओशो आत्म साधना ध्यान केन्द्र (पुरानो धर्मशाला), लमहीमा बिताउनुभयो।

साहित्यक सम्मान
-जीवनभर समाजसेवा, धर्म प्रचारप्रसार र सत्यवाणीको पक्षधर स्वामी शिद्धेश्वर (कामता प्रसाद चौधरी)लाई थारु कल्याणकारी सभा जिल्ला कार्य समिति दाङले २०५६ सालमा सम्मान गर्यो।
-शिक्षा क्षेत्रमा संरक्षकत्व अभिभावकत्व लगायत वृहत योगदान गरेबापत २०६३ सालमा नि.मा.वि, पचहियाले सम्मानसहित कदरपत्रले सम्मान गर्यो।
-यसैगरी थारु कल्याणी समितिले र सत्गौवा समाजले उहाँलाई पटकपटक सम्मान गरेको थियो।
जुग जग जिओमा प्रकाशित केहि थारु गीतहरुः

देशभक्ति बन्दना
जय जय जय जय सुन्दर स्वदेश
जय जय मैया नेपाल ।।१।।
चांद सुरज भण्डा बनल हो,
सुन्दर देशवा विशाल ।।२।।
चमकत चांद सुरज यिहे झण्डक
बन्के नेपालीन्के पौरख ।।३।।
शान्तिक यिहे हो निशाने,
स्वतन्त्रक यिहे प्रमाणे ।।४।।
एक हे धगवम बंधल सब हमरे
नेपाली जात सब एकरे ।।५।।
सागरमाथा हिमाल,
चमकत यिहे हो नेपाल ।।६।।
राखो शान सबकोई एकर
मिलके सब हो सहारा ।।७।।
सगरमाथा हमार
जानथ सब संसार ।।८।।
नाही हमरे कोही से झुकली
हमरे यी देशके सन्तान बली ।।९।।
जय जय जय जननी मैया,
जय जय जय हो नेपाल ।।१०।।
(राष्ट्रिय गीत, २०३५)
पिया चली गैल
हरे मोर पिया चली गैल, मैते नाही लडलूँ।
हरे बोललूँ न चललूँ, अकेली चुन्दरिया ओढी रहलूँ।।
हरे भितरे मोर दश हो दुवार, कौन खुलल् हो दुवार?
हरे कौन रहिया कौन दुवार, गैला स्वामिया हो मोर?
हरे नकुछ जनलाँ नकुछ कहलाँ, संग सहेली साथी मोर।
हरे पियवा निर्मोहिया, बेदर्दीसे चलल् नकुछ मोर।।
यसैगरी उहाँले थारू समाजप्रति व्यङ्ग गर्दै सोंगक(व्याङ्गात्मक) गीत लेखेका थिए।
सोंगक ब्याङ्ग्य गीत
चलो गोचाली दारु पीए हाँ
दारु ते मस्ताना बा
चाहे बिके घराना दाई।
चलो गोचाली कौरी खेले हाँ
कोरी ते मस्ताना बा
चाहे बिके इज्जत जमाना
चाहे तिरया जनाना जाई
चलो गोचाली सिध्रा खरिडे हाँ
दारुक सिटन बनैना बा
चाहे लागी कमुया कम्ल्ह्रीया
चाहे खानदानी दाई
(२०२८ साल)


Read More From Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

