तिमी दिन, अनि मँ रात । तिमी शिरमा फुलेकाे फूल
अनि म फूलमा बिझाउने काँडा ।
भन्न सक्छाै मेराे आँखामा हेरेर कि
तिम्राे र मेराे जाेडी समाजमा सुहाउँछ भनेर ?
पानी पनि छुन हुन्न रे तिम्राे घरकाे
आशा त पहिल्यै मरिसेके मनका ।
अर्काे जुनीमा आउँला माग्न घाेडामा चडेर
जब मानिसले मानिसलाई छालाबाट कम र हृदयबाट अपनाउने गर्छन् ।
Read More From Nepali Poem:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

