Nepali Poem | तिमी प्रिय नै रहनेछौ | Prashant Bagale

Prashant Bagale

तिमी मेरो को हौ?
– के तिमी मेरो लागि सधै अन्जान नै हौ त?

मेरो ध्यान
मेरो मन
तिमी मै गएर अडिने गर्छ,
तिमी मेरो मनको वासस्थान हौ।

तिमी छोटो समयमै
मेरो लागि यति खास भैदियौ कि,
हरेक दिन
हजारौ मानिसहरु
मेरो सामु आउछन् होला,
तर मेरो आँखा
मेरो ध्यान
मात्र तिमीतिरै हुन्छ।

यो तिम्रो शक्ति कि मेरो कमजोरी?

तिमी प्यारी छौ,
प्रिय छौ,
तिमी भन्दा प्यारी अरु केहि छैन,
तिमीले मलाई जे ठान्दा पनि
म तिमीलाई सधै मेरो मनको नजिक राख्छु,
त्यसैले,
तिमी सधै मेरो लागि प्रिय नै रहनेछौ।

 

 

Read More From Prashant Bagale:

 

 

 

 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *