Nepali Poem | सोचमा म एक उच्छृङ्खल विदारित | Bipin Tiwari

Bipin Tiwari

सुदूर
एक सँगिनीले भनेकी थिइन्
कृपया तपाईं
आफू भएर होइन
अरू भएर सोचि दिनु
वा त सोच्नु अघि
अरुको स्थान ओगटेर
सोचि दिनु
अनि
मेरो सन्धिपत्र च्यातेर
मलाई विदा दिइन्

म विदारित भए ।।

आज
म सोच्ने भएको छु
अनि म सोच्छु
अरु भएर ।।

जस्तै कि
बखत बखतमा
म सोच्छु
पहाड तराई झरना भएर
कन्दमूल तृणमूल भएर ।।

चरीबरीका
लैबरी गीतहरूमा
कामधेनुका ज्वार भाटाहरूमा
म सोच्छु।।

अनि तम तमास
म सोच्छु
एक
उच्छृङ्खल वादमा
उच्छृङ्खलित विदारित भएर ।।

 

सत्ता | Nepali Poem | Bipin Tiwari

 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *