२०८१ सालको समग्र आत्ममूल्यांकन र २०८२ सालको जीवनदृष्टि तथा लक्ष्य योजना
१. मौन क्षण (Silent Reflection):
यो वर्षका सबै अनुभूतिहरूलाई केही समय मौन भएर सम्झने कोसिस गरौं ।
आफूभित्रको आवाजलाई सुन्ने अभ्यास गरौं ।
२. समग्र जीवनको मूल्यांकन (Holistic Self-Review)
क. शरीर र स्वास्थ्य:
मैले आफ्नो शरीरप्रति कस्तो ध्यान दिएँ?
मैले खाएको खाना, सुत्ने बानी, शारीरिक क्रियाशीलता कति सजग थियो?
ख. मनोभाव र भावना:
मैले यस वर्षमा कुन-कुन भावना र अनुभुतीहरु धेरै अनुभव गरें?
ती भावनासँग म कसरी जुधें वा सम्हालें?
ग. सम्बन्ध र माया:
को–कोसँग मेरो गहिरो सम्बन्ध विकसित भयो? अनि कसरी?
मैले प्रेम, करुणा, क्षमा र आत्मीयताको भाव कति प्रकट गरें?
घ. कर्तव्य र उद्देश्य:
मैले मेरो जीवनका प्रमुख कर्तव्यहरूमा कति ऊर्जा दिएँ?
मेरो उद्देश्यको यात्रामा म कति नजिक पुगेँ?
ङ. आत्मसम्बोधन (Self-Connection):
म आफूभित्र कति गहिराईमा जान सके?
म आफूलाई कति राम्ररी चिनें?
च. रचनात्मकता र अभिव्यक्ति:
मैले आफ्नो सृजनात्मक पक्ष कति उजागर गरें?
मैले कुनकुन माध्यमबाट आफूलाई कसरी पोखें?
३. अनुभूत सन्देशहरू (Lessons & Realizations from 2081)
यो वर्षले मलाई सिकाएको सबैभन्दा ठूलो पाठहरु के के थिए?
मैले प्राप्त गरेका ३ प्रमुख आत्मिक अनुभूतिहरू के के हुन?
४. २०८२ सालका लागि जीवनदृष्टि (Vision for the Year 2082)
यो नयाँ बर्षमा म कस्तो जीवन जिउन चाहन्छु?
म कुनकुन गुण, भाव र दृष्टिकोणलाई आफ्नो दैनिक जीवनशैली बनाउन चाहन्छु?
५. स्पष्ट लक्ष्यहरू (Concrete Goals for 2082)
आत्मिक लक्ष्य (Spiritual/Personal):
ध्यान, आत्मअवलोकन, मौन ……
सम्बन्ध लक्ष्य:
परिवार, साथी, प्रेम……
स्वास्थ्य लक्ष्य:
आहार, व्यायाम, नीन्द्रा, प्राकृतिक जीवन……
रचनात्मक लक्ष्य:
लेखन, अभिनय, मञ्च, सिर्जना, निर्देशन ……
आर्थिक/पेशागत लक्ष्य:
आम्दानी, रोजगार , प्रोजेक्ट, आत्मनिर्भरता…………
६. जीवनशैली परिवर्तन (Lifestyle Commitments)
कुनकुन बानीहरू हटाउने?
कुनकुन नयाँ जीवनशैली अपनाउने?
७. आत्मसंग वाचा (Self-Commitment Affirmation)
“म २०८२ सालमा आफूभित्रको दिव्यता, स्वतन्त्रता, प्रेम र सिर्जनशीलता उजागर गर्न तयार छु। म यो नयाँ बर्षमा सजग भएर जिउने छु। म जीवनसँग खेल्नेछु, आफ्नो जीवन र अस्तित्वलाई प्रेम गर्नेछु, र आफूलाई वास्तविक अर्थमा चिन्नेछु।”
-Prashant Bagale
Read More From Prashant Bagale:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com