तिमी मेरो लागि
कहिले शीतल जुन
त कहिले न्यानो घाम बनिदियौ
दुबै निकै प्यारा
ठ्याक्कै तिमी जस्तै,
तर कहिलेकाही
तिम्रो बेवास्ताको चर्को घामले
मेरो मनको कलिलो हरियाली
यसरी एक्कासी ओइलाउछ कि
मानौ मेरो जीवन नै
अब मरुभूमि बनिसक्यो
सबै उजाड बन्यो
यसरी बाझो बन्यो कि
अब केही बाकी रहेन
धर्ती फाटेर चिराचिरा भएझै
मन फाट्न थाल्यो।
तर त्यही पल
यो मनको कुनै कुनामा
आशाको दियो
यसरी हुर्हुरी बल्न थाल्छ कि
यो उजाडमरुभूमिमा फेरि
तिम्रो मीठो मुस्कान अनि
न्यानो साथको वर्षात हुनेछ
अनि फुल्नेछन् अनगिन्ती
सुन्दर र सुघन्धित फूलहरु,
फेरि उम्रने छन निस्चल प्रेम
फुरुरु भै दशैमा छरेका जमरा झै
अब त म प्रतीक्षा र प्राथना बाहेक
अरु के नै गर्न सक्छु होला र
यो प्रेमको भुमरीमा?
Read More From Prashant Bagale:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

