नभेटियोस् हाम्रो बाटो
समानान्तर चलोस्
तिम्रो अनि मेरो जीवन
यस्तै निरन्तर चलोस्
नखोलियोस् कैद मनका
यादका सन्दुकहरु
नत्र ती मनका भावहरु
मै कहा पोखिएला
सम्मोहनकारी आँखा देखेर मन भाँदिएला
अनि
आशाको रस भरिएको आँखा
निभ्ने बेलाको दियो झै
पिलपिल – पिलपिल गरिरहँदा
रगत पोतिएको मुख तिम्रो चलबलाइ रहँदा
एकटक मलाई तिम्रो दृष्टिले
म भक्कानिनु पर्ला
अनि तिमी निभ्नुपर्ला
Read More Nepali Poem From Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

